News मुख्य समाचार समाज देश

ओभरकोट र पाइन्टमा सीता

ओभरकोट र पाइन्टमा सीता

काठमाडौं। सधैं कुर्ता सुरुवाल र साडी लाउने सीता दाहाल एकाएक ओभरकोट र पाइन्टमा देखिएकी छन् ।

 

पति प्रचण्डसंग जहाजको बिजनेस क्लास सीटमा बसेकी सीताको यो फोटो उनकै छोरी गंगा दाहालले खिचेकी हुन् । उनी पनि बाबु, आमाका साथ अमेरिका जाँदैछिन् । पहिरन लगाउनु आफ्नो स्वतन्त्रता हो । यद्यपि सीता दाहालमा आएको यो परिवर्तन उदेकलाग्दो यसकारण बन्यो कि उनी सामाजिक विषयमा अनुदार महिला पात्र मानिन्छिन ।

 

कम्युनिष्टले भौतिकवादको पक्षमा बहस गरेपनि सीताले तीनवटा छोरीपछि छोरा जन्माउनु पछाडि प्रकाशको जन्मलाई ‘छोरा’प्रतिको रुचि भएको पहिले पहिलेका अन्तर्वार्तामा उल्लेख गरेकी थिइन । यतिमात्र होइन, आफ्नो विवाह पन्चेबाजा बजाएर गरिएको भनेर सगर्व सञ्चारमाध्यममा प्रस्तुत हुने गरेकी थिइन । अझ प्रकाशको पहिलो घरबार नभएपछि अर्की बुहारी बाहुन नै हुनुपर्ने उनकै अडानअनुसार पोखराकी सिर्जना त्रिपाठीसंग प्रकाश दाहालको विवाह भएको थियो ।

विशेष