News

प्रचण्ड पत्नी सीताको उपचारका लागि आज अमेरिका जाँदै

प्रचण्ड पत्नी सीताको उपचारका लागि आज अमेरिका जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारका लागि आइतबार साँझ अमेरिका जान लागेका छन्। पत्नी सीताको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि अमेरिका लान लागिएको प्रचण्डको सचिवालयले जनाएको छ।

 

सचिवालयका अनुसार प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने समय तालिका तय भएको छ ।

 

दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर, भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।

 

सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको छ । यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नआएको पारिवारिक स्रोतले बतायो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ सीता दाहाल

विशेष