राप्रपाको भावी रणनीति र कार्ययोजनाबारे घनिभूत छलफल

राप्रपाको भावी रणनीति र कार्ययोजनाबारे घनिभूत छलफल

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा आम जनताबाट उत्साहपूर्ण सद्भाव, समर्थन र ऐक्यबद्धता प्राप्त भएको जनाएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको आजको विस्तारित बैठकले यात्रालाई सफल पार्न सहयोग पु¥याउने शुभेच्छुक, शुभचिन्तक, आमसञ्चार माध्यम, सुरक्षा निकाय सबैमा आभार प्रकट गरेको छ । 

 

बैठकले पूर्व घोषणाअनुसार हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका माग राखी शान्तिपूर्ण र संविधानको परिधिभित्र रहेर निकट भविष्यबाटै सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा समसामयिक राजनीति, राष्ट्रिय स्वाभिमान यात्राको समीक्षा एवं भावी रणनीति र कार्ययोजनाबारे घनिभूत छलफल भएको विज्ञप्तिमा जनाइएको छ । 

 

सरकार र स्वतन्त्र मधेश गठवन्धनबीच भएको राजनीति सहमतिमा प्रयुक्त भाषा र सम्झौतापछिका गतिविधिले आम जनतामा व्यापक आशङ्का र चिन्ता पैदा भएको उल्लेख गर्दै राप्रपाले सहमतिमा सिके राउत समूहले विखण्डनको मुद्दा परित्याग गरेको उल्लेख नभएको जनाएको छ । 

 

नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको माओवादी समूहले हिंसा गतिविधिलाई परित्याग गर्नु पर्नेमा जोड दिदै विज्ञप्तिमा भनिएको छ–हिंसा र आतङ्कबाट राजनीतिक परिवर्तन र कुनै पनि समस्याको समाधान हुन सक्दैन । सरकारले पनि प्रतिबन्ध वा दमन होइन वार्ता र सहमतिबाट समस्याको निकास खोज्नु पर्दछ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी

संम्बधित खबर

विशेष