अस्थायी शिक्षकले मागे शिक्षामन्त्रीको राजीनामा
काठमाडौं । अस्थायी तथा करार शिक्षकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आइतबार सरकारविरुद्ध प्रर्दशनमा माग सुनुवाई नगरेको भन्दै मन्त्री पोखरेलको राजीनामा माग्दै नाराबाजीसमेत गरेका छन् ।
सरकारी सेवामा १५ वर्ष भन्दा बढी बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै करिब २ महिनादेखि आन्दोलन गर्दै आएका छन् । नेपालमा करिव ४० हजार अस्थायी शिक्षक रहेका छन् ।
अस्थायी तथा करार शिक्षक मन्त्री गिरिराजमणि पोखरेल