News प्रदेश २

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–५ मा आइतबार राति सवारी दुर्घटनामा परेर एक ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । ज १२ प १६४९ नम्बरको मोटरसाइकल उखु लोड गरिएको ज १ त ४७३३ नम्बरको ट्याक्टरमा ठोक्किएर भएको दुर्घटनामा मिथिला नगरपालिका–१०, धनुषाका मोटरसाइकल चालक २६ वर्षीय मनोज भट्टराईको ज्यान गएको हो । मृतक भट्टराई सर्लाहीको लालबन्दीका मोबाइल पसल सञ्चालक रहेको प्रहरीले जनाएको छ ।


लालबन्दी नगरपालिका–९ का सञ्जय खतिवडा गम्भीर घाइते भएका छन् । बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिहअनुसार घाइते खतिवडालाई थप उपचारका लागि गएराति नै काठमाडौं पठाइएको छ । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

महोत्तरी सवारी दुर्घटना

विशेष