News

युट्युबमार्फत अश्लील कार्यक्रम सञ्चालन गर्ने तीन जना पक्राउ

युट्युबमार्फत अश्लील कार्यक्रम सञ्चालन गर्ने तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमा अमर्यादित तथा अश्लील कार्यक्रम सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले युट्युब च्यानलमार्फत अश्लील सामग्री प्रसारण गर्ने फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तवार्ता दिने मोडल परी तामाङलाई मंगलबार कलंकीबाट पक्राउ गरेको हो । 

 

प्रहरीले अश्लील सामग्री युट्युबमा ‘मस्ती टक टाइम’बाट प्रशारित गरी सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजिक अन्तवार्ता दिएको र कार्यक्रम सञ्चालन गरेको भन्दै पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई साइबर अपराधअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ मस्ती टक टाइम

विशेष