News

भिभिआइपीलाई गृहको उर्दी : विप्लव समूहको सुरक्षा थ्रेट बढ्यो, सार्वजनिक कार्यकार्यमा नजानू

भिभिआइपीलाई गृहको उर्दी : विप्लव समूहको सुरक्षा थ्रेट बढ्यो, सार्वजनिक कार्यकार्यमा नजानू

काठमाडौं । नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भिभिआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको हो । राष्ट्रपति, उपराष्ट्रपति बाहिर कार्यक्रममा सरिक हुँदा सचेत हुन गृहले आग्रह गरेको छ ।

 

मन्त्रालयले जारी भीभीआईपी र भीआईपीको नाममा जारी गरेको पत्रमा अहिलेको बिसंम परिस्थितीलाई ध्यानमा राखेर जानै पर्ने कार्यक्रम बाहेक अन्य कार्यक्रममा सकेसम्म सहभागी नहुनु भन्ने ब्यहोरा उल्लेख गरिएको छ । कार्यक्रममा सहभागी हुनै परे पनि सुरक्षा सतर्कता अपनाउन गृहले आग्रह गरेको बुझिएको छ । विशेष गरी गृहले उपत्यका बाहिरको कार्यक्रममा सकभर आवश्यकता हेरी मात्र सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

 

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई विभिन्न सभा, समारोहमा सहभागिताका लागि निमन्त्रणा आउँदा सुरक्षा अवस्थालाई ख्याल गरेर मात्र ती कार्यक्रममा सहभागी हुन गृहले पत्राचार गरेको उपराष्ट्रपति कार्यालयको उच्चस्रोतले जनाएको छ । 'अहिले राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुलाई कार्यक्रम निमन्त्रणा दिन आउनेहरुलाई सम्बद्ध पक्षले सुरक्षा थ्रेट रहेको जानकारी गराउँदै आएको छ । कार्यक्रममा सहभागी हुन निमन्त्रणा आइरहेका छन् । गृहले उच्च सुरक्षा सतर्कता अपनाउनु भनेको छ’–उपराष्ट्रपतिको सचिवालयका एक अधिकारीले भने ।

 

सुरक्षाको संयन्त्रको विश्लेषण अनुसार पूर्व माओवादीबाट आएका नेता, मन्त्रीहरुलाई थप सुरक्षा थ्रेट रहेको छ । ‘कहींकतै जानैपरे सुरक्षाको चाँजो मिलाउने सक्ने अवस्था, वरपर मानवबस्ती रहेको वा नरहेको स्थितिजस्ता पक्षलाई ख्याल गर्न भनिएको छ’, उपराष्ट्रपतिको सचिवालयका ती अधिकारीले भने– ‘कहींकतै जानुपरे सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने चुनौती सुरक्षा निकायलाई छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

गृहमन्त्रालय सुरक्षा थ्रेट विप्लव समूह भिभिआइपी

विशेष