News

दुई तहमा हुँदै प्रहरी समायोजन 

दुई तहमा हुँदै प्रहरी समायोजन 

काठमाडौं । सरकारले ७० हजार हाराहारी नेपाल प्रहरीलाई दुई तहको संरचनामा समायोजन गर्ने तयारी गरेको छ । निजामती सेवाका कर्मचारीको तीन तहमा समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सरकारले प्रहरीको समायोजन प्रक्रिया अघि बढाउन लागेको हो । प्रहरी कर्मचारीहरू संघ सरकारमातहत रहने नेपाल प्रहरी तथा प्रदेश सरकारमातहत रहने प्रदेश प्रहरीमा समायोजन हुनेछन् । गृह मन्त्रालयले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराइसकेको छ । संसदबाट उक्त विधेयक पारित भएपछि समायोजन सुरु हुनेछ ।
 


समायोजनपूर्व नेपाल प्रहरी र प्रदेश प्रहरीको सांगठनिक संरचना कस्तो हुने, केन्द्र र प्रदेशपिच्छे प्रहरीको दरबन्दी कति आवश्यक पर्ने भन्ने यकिन गरिनेछ । केन्द्र तथा प्रदेश प्रहरीको संगठन संरचना तथा दरबन्दी नेपाल सरकारले निर्धारण गर्नेछ । यसअघि प्रशासनिक संरचना तथा कर्मचारीको दरबन्दीसमेत नेपाल सरकारले निर्धारण गरेको थियो । केन्द्रले ठूलो संख्यामा केन्द्रीय निकाय तथा विभागस्तरका कार्यालय आफैंसँग राखेको साथै कर्मचारीको ठूलो हिस्सासमेत केन्द्रमै राखेकोप्रति प्रदेश सरकारहरूले असन्तुष्टि पोख्दै आएका छन् ।

 

गृहसचिव संयोजक रहने संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिमा प्रदेश सरकारका तर्फबाट कसैको प्रतिनिधित्व गराइएको छैन । समितिमा नेपाल प्रहरीका एकजना अतिरिक्त प्रहरी महानिरीक्षक, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय तथा गृहकै एक–एक जना सहसचिव सदस्य रहने व्यवस्था विधेयकमा गरिएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

नेपाल प्रहरी प्रहरी समायोजन 

विशेष