News

ढुंगाले हानेर अर्धचेत पारेर सामूहिक बलात्कार गर्ने अभियुक्तलाई १० वर्ष जेल

ढुंगाले हानेर अर्धचेत पारेर सामूहिक बलात्कार गर्ने अभियुक्तलाई १० वर्ष जेल

ललितपुर । युवतीलाई ढुंगाले हानेर बेहोस बनाएपछि सामूहिक बलात्कार गर्ने तीन अभियुक्तलाई घटनाको १५ महिनापछि जिल्ला अदालत ललितपुरले दोषी ठहर गर्दै १०–१० वर्ष जेल सजाय सुनाएको छ । बलात्कारमा संलग्न गोदावरी नगरपालिका–१ का ३२ वर्षीय रधु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई ललितपुर जिल्ला अदालतले दोषी ठहर गर्दै न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार उक्त फैसला गरेको हो ।

 

अदालतका अनुसार दोषी तीनै जनालाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत १० वर्ष कैद र जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला गरेको छ । उनीहरुले ०७४ मंसिर २ मा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेका थिए । ज्यान मार्ने उद्योग तर्फ पनि तीनै जनालाई १०-१० वर्ष कैद सजाय तोकेको छ। चोरीको बिगोबराबर ३ हजार रुपैयाँ तिराउने फैसला भएको छ। चोरीतर्फ ६० दिन कैद सजाय तोकेको छ।

ललितपुर गोदामचौर बलात्कार प्रकरण

विशेष