News

राष्ट्रपति भण्डारीद्वारा नेता अधिकारीको स्वास्थ्यबारे जानकारी

राष्ट्रपति भण्डारीद्वारा नेता अधिकारीको स्वास्थ्यबारे जानकारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । 

 

राष्ट्रपति भण्डारी शुक्रबार साँझ अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए । 

 

नेता अधिकारीको सघन उपचार कक्षमा (आइसियु) मा राखेर उपचार भइरहेको छ । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएकोमा सुधार नभएपछि माघ २४ गते ह्याम्स अस्पताल लगिएको थियो । नेता अधिकारीको छातीमा समस्या देखिएको छ । उनको उपचारमा डा. राजु पँगेनी, डा. मनबहादुर केसी, डा. अर्जुन कार्कीलगायत संलग्न छन ।

भरतमोहन अधिकारी राष्ट्रपति विद्यादेवी भण्डारी

विशेष