विदेश

भारतीय विंग कमाण्डर अभिनन्दन स्वदेश फिर्ता

भारतीय विंग कमाण्डर अभिनन्दन स्वदेश फिर्ता

एजेन्सी । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार साझ बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय वायुसेनाका चालक तथा विङ कमाण्डर अभिनन्दनलाई पाकिस्तानी अधिकारीले पूर्वी पाकिस्तानको पूर्वी शहर लाहोर हुँदै वागाह सीमा क्षेत्रमा लगेर भारतीय अधिकारीलाई बुझाएको पाकिस्तानले जनाएको छ । 

 

अभिनन्दनलाई स्वागत गर्नका लागि वागाह सीमा हजारौँको संख्यामा भारतीय नागरिक उपस्थित भएका थिए । उनीहरूले राष्ट्रगान तथा बाजागाजा बजाएर उनको भव्य स्वागत गरेका थिए। त्यहाँ अभिनन्दनको स्वागतका लागि बुबाआमा समेत पुगेका थिए। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका थिए। 

 

“पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा नहुने निष्कर्षसाथ शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ,” बिहीबार संसदका दुबै सदनलाई गरेको संयुक्त सम्बोधनमा उनले भने।

 

अभिनन्दन अमृतसर हुँदै मध्य रातमा दिल्ली पुगेका छन्। उनी वायुसेनाको विमानमार्फत राति १२ बजे दिल्ली पुगेका हुन्। उनले स्वदेश फिर्ता हुँन पाउँदा अत्यान्तै खुशी व्यक्त गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनलाई शुक्रबार राति ९ः२० मा वागाह-अटारी सीमाबाट स्वदेश फिर्ता गरिएको हो।

अभिनन्दन

विशेष