विदेश

इराकमा फेरी डुब्दा १०० को मृत्यु, कैयौँ बेपत्ता

इराकमा फेरी डुब्दा १०० को मृत्यु, कैयौँ बेपत्ता

एजेन्सी । इराकको उत्तरी सहर मोसुलमा भएको फेरी दुर्घटनामा परी झण्डै १०० जनाको मृत्यु भएको छ । कुर्दिस नयाँ वर्ष मनाइरहेका बेला बिहीबार तिग्रिस नदीमा दुर्घटना भएको गृह मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

 

उक्त फेरीमा २०० जना मानिसहरू सवार रहेका मृत्यु हुनेमा महिला र बालबालिका धेरे रहेको सरकारी अधिकारीले बताएका छन् । 'नागरिक सुरक्षा समूहले अहिलेसम्म १०० जना जतिको शव भेटाएको छ, अरू उद्धार तथा खोजी कार्य जारी छ,' एक अधिकारीले भने । मोसुलको पर्यटक व्यापारीक केन्द्र तर्फ परिवार तथा बालबालिकाहरू लिएर आइरहेको फेरी दुर्घटनामा परेको हो ।

 

१९ बालबालिका, ६१ महिलासहित ९४ जनाको मृत्यु भएको छ भने ५५ जनाको उद्धार गरिएको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ। उद्दार कार्य जारी रहेकोले यसबारे विस्तृत विवरण आइनसकेको बताइएको छ । घटनापछि कैयौँ व्यक्ति सम्पर्कमा आउननसकेका र उनीहरूको मृत्यु भएको हुनसक्ने बताउँदै अधिकारीले मृतकको संख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।

फेरी दुर्घटना

विशेष