चीनमा केमिकल प्लान्टमा विस्फोट, कैयौँको हताहती भएको आशंका

एजेन्सी । चीनमा केमिकल प्लान्टमा विस्फोट हुँदा कैयौँको हताहती भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। चीनको पूर्वी क्षेत्रमा सञ्चालित केमिकल फ्याक्ट्रिमा विस्फोट हुँदा ४४ जना हाम फालेका छन् भने ९० जना घाइते भएको प्रान्तीय सञ्चार माध्यमहरूले जनाएका छन्।
यान्चेन्गले सञ्चालन गरेको त्यिन्जियी केमिकल फ्याक्ट्रिमा बिहीबार झण्डै दिउँसोको तीन बजतिर विस्फोट भएको हो । विस्फोट पछि त्यहाँ भीषण आगलागी सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चिनियाँ भूगर्भ विभागका अनुसार केमिकल विस्फोटपछि २.२ म्याग्नेच्युटको पराकम्पनको धक्का महसुस गरिएको थियो । सामाजिक सञ्जालमा हालिएका भिडियो र तस्बिरहरूमा आगोका झिल्काहरू र धूवाका मुस्लाहरू उडिरहेको देखाइको थियो भने केही घाइतेहरू छट्पटाइ रहेको देखेन्थ्यो ।
असुरक्षाका कारण चीनमा केमिकल फ्याक्ट्रिमा विस्फोटन, औद्योगिक दुर्घटना र आगजनीका घटनाहरू सामान्य जस्तै भएका छन्। तान्जिन क्षेत्रमा २०१५ मा भएको एक घटनामा १६० जनाको मृत्यु भएको थियो ।
बिहीबार विस्फोटनमा परेको फ्याक्ट्रि सन् २००७ बाट सञ्चानमा आएको हो । खराब कार्यसम्पादन गरेको भन्दै सरकारले फ्याक्ट्रिलाई ६ पटकसम्म जरिवाना गरिसकेको छ।
चीन विस्फोट