चीनमा केमिकल प्लान्टमा विस्फोटबाट मृत्यु हुनेको संख्या ४७ पुग्यो, ६४० घाइते
एजेन्सी । चीनमा केमिकल प्लान्टमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४७ पुगेको छ। चीनको पूर्वी क्षेत्रमा सञ्चालित केमिकल प्लान्टमा विस्फोट हुँदा अझै ९० जना घाइते भएको चिनियाँ सञ्चार संस्था सिन्हवाले जनाएको छ।
शक्तिशाली विस्फोटपछि उक्त क्षेत्रमा भीषण आगलागी सुरु भएको छ। उक्त विष्फोटपछि चिनियाँ भूकम्प विभागले २.२ म्याग्नेच्युट जत्तिकै पराकम्पनको मापन गरिएको जनाएको छ। अहिलेसम्म ६४० जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको र दर्जनौँको अवस्था गम्भीर रहेको बिबिसीले जनाएको छ।
आगो भीषण भएकाले अझै कैयौँ व्यक्तिहरू केमिकल प्लान्टभित्रै फँसिरहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। यान्चेन्गले सञ्चालन गरेको त्यिन्जियी केमिकल फ्याक्ट्रिमा बिहीबार झण्डै दिउँसोको तीन बजतिर विस्फोट भएको हो ।
सामाजिक सञ्जालमा हालिएका भिडियो र तस्बिरहरूमा आगोका झिल्का, धूँवाका मुस्लाहरू उडिरहेको केही र केही घाइतेहरू छट्पटाइ रहेको देखेन्थ्यो असुरक्षाका कारण चीनमा केमिकल फ्याक्ट्रिमा विस्फोटन, औद्योगिक दुर्घटना र आगजनीका घटनाहरू सामान्य जस्तै भएका छन् । तान्जिन क्षेत्रमा २०१५ मा भएको एक घटनामा १६० जनाको मृत्यु भएको थियो ।
बिहीबार विस्फोटनमा परेको फ्याक्ट्रि सन् २००७ बाट सञ्चानमा आएको हो । खराब कार्यसम्पादन गरेको भन्दै सरकारले फ्याक्ट्रिलाई ६ पटकसम्म जरिवाना गरिसकेको छ ।
चीन केमिकल विस्फोट