डेढ करोड नेपालीमा क्षयरोगका किटाणु
काठमाडौं । पत्याउनुहुन्छ ? करिब डेढ करोड नेपालीको शरीरमा क्षयरोगका किटाणु छन् । चिकित्सकीय भाषामा यसलाई ‘लेटेन्ट टीबी’ अर्थात् निष्क्रिय क्षयरोग भनिन्छ । निष्क्रिय क्षयरोगमा मानिस बिरामी पर्दैन र त्यस्ता व्यक्तिबाट अरूलाई रोग पनि सर्दैन ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार निष्क्रिय क्षयरोग भएका सय जना मध्ये १५ जनालाई भविष्यमा सक्रिय क्षयरोग हुन सक्छ । नेपालमा निष्क्रिय क्षयरोगीमध्ये करिब १० प्रतिशतलाई भविष्यमा सक्रिय क्षयरोग हुने सम्भावना रहेको स्थानीय विज्ञको आँकलन छ । हामीमा रहेको निष्क्रिय क्षयरोग भविष्यमा सक्रियरूपमा परिवर्तन हुन सक्छ वा सक्दैन रु हालसम्म थाहा पाउने कुनै तरिका छैन । श्वास–प्रश्वासको माध्यमले क्षयरोगको जीवाणुलाई शरीरभित्र तानेको वर्षौंपछि सक्रिय क्षयरोग हुन सक्छ ।
सासको माध्यमले शरीरमा टीबीका ब्याक्टेरिया आफ्नो शरीरमा प्रवेश गराएकाहरू संक्रमण नियन्त्रणमा रहे पनि ‘संक्रमित’, झन्ने गरिन्छ । यस्तो व्यक्तिमा रोग नियन्त्रणमा हुन्छ । टीबी हुनबाट रोक्नका लागि निष्त्रिय क्षयरोगको उपचार गर्न सकिन्छ । शरीरबाट क्षयरोगको ब्याक्टेरिया हटाउने एकमात्र माध्यम उपचार हो ।
तर, हामीमा यो अवस्थाको खासै चासो देखिँदैन । त्यसैले उपचार गराउनेको संख्या शून्य प्रायः देखिन्छ । ‘करिब ५० प्रतिशत अर्थात् डेढ करोड नेपालीको शरीरमा क्षयरोगका किटाणु छन्, अर्थात् उनीहरूमा निष्क्रिय क्षयरोग छ’, राष्ट्रिय क्षयरोग केन्द्रकाकन्सलटेन्ट छाती रोग विशेषज्ञ डा। नवीन प्रकाश शाह भन्छन्, ‘सबैलाई उपचार गर्ने सरकारसँग क्षमताछैन तर भविष्यमा सम्भावित जोखिमबाट जोगिन उपचारगराउनुपर्छ ।’ स्वस्थ रहेकै समयमा निष्क्रिय क्षयरोगका जीवाणु हटाउनु राम्रो मानिन्छ ।
स्वास्थ्यका हिसाबले क्षयरोगको ब्याक्टेरिया जाग्नु अगावै निर्मुल पार्नु उक्तम हुन्छ । जोखिममा रहेका व्यत्तिले निष्क्रिय क्षयरोगको पहिचान र उपचार गराउनुपर्ने डब्लूएचओले जनाउँदै आएको छ । एचआईभी भएका र आमाबुबा क्षयरोग प्रभावित भएका ५ वर्षमुनिका बच्चालाई सरकारले उपचार दिए पनि यस्तो उपचारबाट वञ्चित रहेको जनसंख्या अझै धेरै रहेको डा। शाह जनाउँछन् ।
‘जोखिम समूहमा रहेकाहरूको निष्क्रिय क्षयरोगको उपचार गर्ने प्रतिबद्घता नेपालले अन्तर्राष्ट्रिय समुदायमा जनाइसकेको छ,’ राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा। भीम सिंह तिंकरी भन्छन्, ‘हाल एचआईभी भएका र क्षयरोग प्रभावित आफन्तका ५ वर्षमुनिका बच्चालाई पनि हामीले चाहिए जति उपचार फ्रक्रियामा जोड्न सकेका छैनौं ।’
हामीकहाँ निष्त्रिय क्षयरोगको उपचार प्रक्रियामा खासै पहल नभएको ओल्याउँदै डा. तिंकरीले हाल कम्तीमा डायलासिस गराइरहेका, सिलिकोसिसका बिरामीलाई समेत निष्क्रिय क्षयरोगको उपचार प्रक्रियामा जोड्नुपर्ने आवश्यकता औंल्याए । डा. तिंकरी भन्छन्, ‘निष्क्रिय क्षयरोगले तत्काल केही बिगार नगरे पनि शरीरमा रोग फ्रतिरोधात्मक क्षमतामा कमी हुँदा केही व्यक्तिमा यो जीवाणु सत्रिय हुन सक्छ । फलतः ऊ क्षयरोगी हुन्छ ।’
विज्ञहरूका अनुसार एचआईभी भएका, डायलासिस गराइरहेका, अंग प्रत्यारोपण गराउने तयारीमा रहेका, सिलिकोसिस भएका, एचआईभी संक्रमितको सम्पर्कमा रहेका ५ वर्षमुनिका बालबालिका, एचआईभी संक्रमितको सम्पर्कमा रहेका युवा र बालबालिका, बहुऔषधि प्रतिरोधी क्षयरोगीको सम्पर्कमा रहेका, लागूपदार्थ उपयोगकर्ता लगायत जोखिममा रहेका जनसंख्या हुन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
क्षयरोग