हेर्दा जेन्टलमेन देखिएर के गर्नु, गरेछन् यस्तो कुकर्म
कास्की । बलात्कार आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ र एनआइसी एशिया बैंकका ब्रान्च म्यानेजर सुवास सुवेदी पक्राउ परेका छन् । दुवैले एउटै किशोरीमाथि बलात्कार र यौन दुर्व्यवाहर गरेको आरोपमा उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले पटकपटक बलात्कार गरेको र सुवेदीले यौन दुर्व्यवहार मात्र गरेको किशोरीले उजुरी दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको विश्वस्त स्रोतलाई उद्धृत् गर्दै गण्डक न्युजले लेखेको छ। श्रेष्ठ र सुवेदी अहिले कास्की प्रहरी हिरासतमा छन् । श्रेष्ठसँगै पक्राउ परेका सुवेदी एनआइसी एशिया बैंकका पर्स्याङ ब्राञ्च म्यानेजर हुन् ।
लेकशाइडस्थित एक स्थानीय विद्यालयमा ८ कक्षामा पढ्ने १६ वर्षीया ती किशोरीले आफू आश्रय लिएर बसेको घरमा गए श्रेष्ठले पटकपटक पटक बलात्कार गर्ने बयान दिएको स्रोतले बतायो । श्रेष्ठको घरको आडमै ती किशोरीले आश्रय लिएर बसेको घर रहेको र उक्त घरको झ्यालबाट नै गएर पटक पटक आफूमाथि बलात्कार गरेर फर्कने गरेको बयान किशोरीको छ ।
बैंकका शाखा प्रमुख सुवेदीले भने बलात्कार नै नगरेको तर संवेदनशील अंग चलाउने, यौन दुर्व्यवहार गर्ने गरेको आरोप किशोरीको छ । अहिले किशोरीलाई स्वास्थ्य परीक्षण गरिएको बताए पनि प्रहरीले थप जानकारी दिन मानेन । कास्की प्रहरी प्रमुख एसपी ओम रानाले आफू तीनदिने बिदाको लागि काठमाडौंमा रहेको बताउँदै थप विवरण दिन मानेन्। तर उनले श्रेष्ठ र सुवेदी पक्राउ परेको पुष्टि गरे ।
पर्यटन व्यवसायीसमेत रहेका श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा २०७४ जेठमा नियुक्त भएका हुन् । यसअघिका अध्यक्ष प्रकाश मोहन खनालले कार्यकाल पूरा नहुँदै रुपा गाउँपालिकाको प्रमुखमा उम्मेदवार हुने भएपछि राजिनामा दिएका थिए । उनको राजिनामापछि रिक्त रहेको नगर विकास समितिको प्रमुखमा श्रेष्ठलाई नियुक्त गरिएको थियो । श्रेष्ठ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पनि हुन् । उनी क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष, होटल दि कान्तिपुर र रत्नदेवी हाउसका कार्यकारी अध्यक्ष, रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष पनि हुन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य श्रेष्ठ विभिन्न संघसंस्थामा पनि आबद्ध छन् ।
पोखरा फूलबारी बस्ने ब्राञ्च मेनेजर सुवेदी हालै बैंकको पर्स्याङ शाखामा प्रमुखका रुपमा नियुक्त भएका थिए । यसअघि उनी दुलेगौंडामा थिए । सुवेदी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् । यो खबर गण्डक न्युजको सहयोगमा तयार गरिएको हो ।
बलात्कार