News प्रदेश ४

तरकारी पकाउन ढिला गरेको भन्दै श्रीमतीमाथि गोली प्रहार

तरकारी पकाउन ढिला गरेको भन्दै श्रीमतीमाथि गोली प्रहार

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्। साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको छर्रा लाग्दा उनकी २५ वर्षीय श्रीमती बालकुमार घर्ती घाईते भएकी हुन्। कम्मरको भागमा छर्रा लागेर घाइते भएकी घर्तीलाई मोटर बाटोमा हिँउ जमेको कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) चिरञ्जिवी कोईरालले जानकारी दिए ।

 

विहीबार मापद पदार्थ सेवन (मापसे) गरी घरमा आएका चन्द्रबहादुरले तरकारी ढिलो पकाएको भन्दै झगडा निकालेपछि भनाभन हुँदा उत्तेजनामा आएर बन्दुक प्रहार गरेको घाईते बालकुमारीले प्रहरीसँग बयान दिएकी छन्। बन्दु प्रहार गर्ने चन्द्रबहादुर फरार रहेका प्रहरी नायव निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। बन्दुकको लाईसेन्स समेत नभएको प्रहरी नायव निरीक्षक बानियाँको भनाई छ।  यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

गोली प्रहार बागलुङ

विशेष