विदेश

युगान्डाले लगायो सामाजिक सञ्जालमाथि कर, २५ लाख जनताले बन्द गरे इन्टरनेट

युगान्डाले लगायो सामाजिक सञ्जालमाथि कर, २५ लाख जनताले बन्द गरे इन्टरनेट

एजेन्सी । अफ्रिकी देश युगान्डाले सामाजिक सञ्जाल प्रयोगमा कर लगाएको छ। जसका कारण लाखौँ व्यक्तिले यहाँ इन्टरनेट सेवा बन्द गरेका छन्। तर, विपक्ष दलहरूले सरकारले आफ्नो बदनामी लुकाउनका लागि वाक स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाएका छन्।

 

युगान्डा सरकारले फेसबुकसहित ६० सामाजिक सञ्जाल प्लेटफर्म प्रयोगप्रति दैनिक १०० सेन्ट अर्थात करिब १०५ रुपैयाँ कर लगाइएको छ। यस्तो प्रवाधान सुरु गरिएको यो पहिलो घटना हो। राष्ट्रपति योवेरी मुसेवेनीले गसिपमा रोक लगाउने बताउँदै करको प्रस्ताव अघिल्लो वर्ष जुलाइमा पेस गरेका थिए।

 

करको दायरामा फेसबुक, ह्वाट्सऐप, ट्विटरसहित ६० समाजिक सञ्जाल कम्पनी रहेका छन्। उक्त कदमपछि यहाँका २५ लाख जनताले इन्टरनेट सेवा बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

 

यद्यपि १२ लाख जनताले कर तिरेर सामाजिक सञ्चाल प्रयोग गरिरहेको बताइएको छ। सरकारको उक्त कदमलाई लिएर यहाँ सरकारको विरोध पनि भएको छ। जनताले वाक स्वतन्त्रतामाथि सरकारले हतक्षेप गरेको भन्दै सरकारको आलोचन गरेका छन्।

युगान्डा सामाजिक सञ्जाल

विशेष