News अर्थ

सामाजिक सञ्जालमा विज्ञापन : १० हजार लाइक गराउनुस्, ६० हजार कमाउनुस्

सामाजिक सञ्जालमा विज्ञापन : १० हजार लाइक गराउनुस्, ६० हजार कमाउनुस्

काठमाडौं । अभिनेतृ स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन आग्रह आउँछन्। उनले केही दिनअघि मात्र आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउण्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रसाधनको विज्ञापन गरिदिइन्।

 

उनले ‘माई लभ माई च्यालेन्ज’ का लागि पोस्ट गरेकी छिन्। विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि सुर भएको छ। यसमा स्वस्तिमा जस्ता सेलिब्रेटीदेखि आम प्रयोगमाफैत वस्तु तथा सेवाको प्रचार गरिन्छ। यसवापत विज्ञापनदाताले इन्फ्लुएन्सर(जसले आफ्नो एकाउण्टमार्फत विज्ञापन गरिदिन्छन्) लाई पारिश्रमिक दिन्छन्।

 

‘ब्राण्डहरू सोसल मिडिया फोकस्ड भएक छन्’, स्वस्तिमाले भनिन्, ‘त्यसको पहुँच पनि ठूला भएकाले यसैबाट विज्ञापन गर्न थालिएको होला। यसमा सामाजिक सञ्जालका प्रयोगकर्तालाई दुई वर्गमा राखिएको छ। एकथरी ‘माइक्रो इन्फ्लुएन्सर’ हुन्छन् भने अर्का म्याक्रो इन्फ्लुएन्सर। माइक्रोमा सामाजिक सञ्जालका आम प्रयोगकर्ता पर्छन्, जसका साथी वाफलोअर्स धेरै हुन्छन्।

 

ब्राण्डहरूले चाहनाअनुसार इन्फ्लुएन्सर छान्न सक्छन्। विदेशमा इन्फ्लुएन्सर जुटाइदिने कम्पनी हुन्छन्। हाल ब्राण्डहरूले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलेब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँ दिने गरेको बबवट्रेण्ड्लीकी वरिष्ठ ब्राण्ड सहायक लसता महर्जनले जानकारी दिइन्। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

सामाजिक सञ्जाल विज्ञापन

विशेष