News

'बेस्ट अफ लक' शान्ता

'बेस्ट अफ लक' शान्ता

काठमाडौं : प्रतिनिधिसभा सदस्य शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा दिन परीक्षा केन्द्र पुगेकी छन् । ८ कक्षादेखि औपचारिक शिक्षा सुरु गरेकी शान्ताले १७ वर्षीया छोरी विन चौधरीसँग एसइईको परीक्षा दिँदै छिन् ।

 

नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी (सिम्बोल नं ०५८८४५३ भी)को सेण्टर मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ ।  उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल वसुन्धरा, काठमाडौंबाट परीक्षा दिँदै छिन् ।

 

रातो सारीमा सहजिएर कालो सल ओडेकी शान्तले क्लिप बोर्ड र प्रवेशसहित सामाजिक सञ्जालमा फोटो शेयर गरिकी छन्। फोटोमा उनका शुभचिन्तकले परीक्षा सफलताको कामना गरेका छन् ।

 

आइतबारबाट सुरु भएको एसइई परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

">

शान्ता चौधरी

विशेष