News

मालपोतका नायब सुब्बा घुससहित पक्राउ

मालपोतका नायब सुब्बा घुससहित पक्राउ

वीरगञ्ज । मालपोत कार्यालय महोत्तरीका नायब सुब्बालाई घुस खाएको रकमसहित पक्राउ गरिएको छ । सेवाग्राहीसँग घुस लिएको रकमसहित नायब सुब्बा ढकबहादुर कार्कीलाई पक्राउ गरिएको हो । कार्कीले जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस रकम माग गरेका थिए । घुस मागेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई सेवाग्राहीसँग रू दश हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

 

घुससहित पक्राउ परेका कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम दश हजार बिगो कायम गरी विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता रामेश्वर दंगालले जानकारी दिए ।

घुस नायब सुब्बा ढकबहादुर कार्की

विशेष