विदेश

विंग कमाण्डर अभिनन्दन दिल्लीमा, अगाडिको प्रक्रिया के हुन्छ?

विंग कमाण्डर अभिनन्दन दिल्लीमा, अगाडिको प्रक्रिया के हुन्छ?

भारतीय वायुसेनाका विंग काण्डर अभिनन्दन वर्तमान शुक्रबार बुलेका स्वदेश फिर्ता भएका छन्। करिब ६० घण्टा पाकिस्तानको नियन्त्रणमा रहेउ उनी शुक्रबार बेलुका भारत प्रवेश गरेका हुन्। पाकिस्तानले उनलाई वागाह-अटारी सीमानाकाबाट भारतीय पक्षलाई शुक्रबार राति ९ः२० मा हस्तान्त्रण गरेको हो। अहिले उनी दिल्ली मा छन् र उनीतुरुन्तै घर जान पाउने छैनन्। किनकि उनी अन्य केही प्रक्रिया पूरा गर्नुपर्ने छ। प्रक्रिया पूरा गरेपछि मात्रै घर जान र पुनः विमान चलाउन पाउने छन्। के छन् त प्रक्रिया:

 

स्वास्थ्य परीक्षण

विंग कमाण्डर अभिनन्दनको सबैभन्दा पहिला रेडक्रसले स्वतन्त्र स्वास्थ्य परीक्षण हुन्छ। स्वास्थ्य परीक्षणबाट उनलाई कति गहिरो चोट लागेको छ भन्ने पत्ता लगाइने छ। दोस्रो चरणमा उनलाई पाकिस्तानी पक्षले यातना दिएको दिएन भन्ने पत्ता लगाने छ। यदि यातना दिएको भए कुन स्तरको यातना दिएको थियो भन्ने पनि यकिन गरिने छ।

 

तेस्रो चरणमा उनलाई कुनै पनि प्रकारको लागुऔषध दिइयो कि दिइएन भन्ने विषयको पनि एकिन गरिने छ। त्यस्तै प्रोटोकलअनुरूप अभिनन्दन शरीरको स्क्यान पनि गरिने छ। त्यसपछि शारीरिक परीक्षण र मनोवैज्ञानिक परीक्षण पनि हुनेछ।

 

यी परीक्षणको मुख्य कारण उनलाई यातना दिइयो कि दिएन भन्ने निक्योल गर्नु हो। यदि यातना दिएको भए उक्त मुद्दालाई भारतले अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सक्ने छ। किनकि जेनेभा सन्धिअनुसार कुनै पनि युद्धबन्दीलाई अमानवीय व्यवहार गर्न पाइँदैन।

 

सोधपुच्छ:

युद्धबन्दीसम्बन्धी सम्पूर्ण प्रोटोकल अभिनन्दनमाथि लागू हुनेछन्। जसअनुसार हरेक विषयमा जानकारी लिइने छ। उनमाथि भारतीय वायु सेनाले सोधपुच्छ गरिने छ। त्यसको रिपोर्ट भारत सरकारलाई पठाइने छ। उनलाई दिल्लीको पालम टेक्निकल क्षेत्रमा वायुसेनाको टिमले सवालजवाफ गर्नेछ। उनलाई पाकिस्तानमा कस्ता प्रश्न गरियो? कतिपटक उनीमाथि सवालजवाफ गरियो? उनलाई सोधिएका प्रश्नको जवाफ केके दिए? इत्यादि प्रश्न सोधिने छ।

 

उक्त विषयमा रिपोर्ट बनाएर सरकारलाई पठाइने छ। यसबाट सरकारलाई धेरै प्रकारको मद्दत मिल्ने छ। दुश्मन देशमा सवालजवाफ गर्ने तरिकाअनुसार भारतीय वायु सेनाले आफ्ना पाइलटलाई तयार गर्न सक्छ।

 

राँ र आइबीद्वारा जाँच:

अभिनन्दनसँग राँ र आइबी (इन्टेलिजेन्ट ब्युरो)ले फरकफरक तरिकाले सोधपुछ गर्नेछ। उनीसँग पाकिस्तानमा कस्तो व्यवहार भयो, त्यसको विस्तृत विवरण तयार पारिने छ। सोधपुचका क्रममा दुवै एजेन्सीले पाकिस्तानी सेनासम्बन्धी धेरैभन्दा धेरै जानकारी संकलन गर्ने प्रयास गर्नेछ।

 

संकलित विवरणबाट पाकिस्तानी सेनाका तौरतरिका कस्तो हुन्छ यसको विश्लेषण गरिने छ। उक्त प्रक्रिया पूरा गर्नका लागि महिना दिनभन्दा बढीको समय पनि लाग्न सक्छ। यो सबै प्रक्रिया पूरा गरेपछि मात्रै अभिनन्दनले पुनः कार्यक्षेत्रमा फर्किन पाउने छन्।

अभिनन्दन पाकिस्तान-भारत

विशेष