News

बुधबार अपराह्नबाट मौषममा सुधार आउने

बुधबार अपराह्नबाट मौषममा सुधार आउने

काठमाडौं : उपत्यकालगायत देशको अधिकांश क्षेत्रमा मेघगर्जनसहित भारी वर्षा भइरहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ। मेडिटेरानियन समुन्द्रबाट आएको जलवाष्पयुक्त हावाका कारण मंगलबार काठमाडौं उपत्यकासहित पश्चिमी र केही पूवी क्षेत्रमा वर्षा भइरहेको महाशाखाको भनाइ छ।

 

देशकोपश्चिमी र मध्य भूभागमा पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी क्षेत्र र काठमाडौं उपत्यकालगायत पूर्व क्षेत्रको केही स्थानमा मेघगर्जनसहितको वर्षाको भइरहेको मौषमविद् मिनकुमार अर्यालले बताए। बुधबार अपराह्नबाट मौषममा सुधार हुने मौसमविद् अर्यालको भनाइ छ। 

 

उनका अनुसार मंगलबार दिउँसो देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही देशका केहि स्थानमा मेघ गर्जनसहितको हल्का वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको हुने अनुमान महाशाखाको छ।

 

त्यस्तै राति देशको मध्य र पूर्वी पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी भू-भागहरूमाआंशिक बदली हुने अनमान छ। मध्य र पूर्वीपहाडी भेगका एक/दुई स्थानहरूमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

 

बुधबार दिउँसो देशको पूर्वी भू-भागमा र अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भेगका एक/दुई स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको संभावना छ भने राति पहाडी भू-भागहरूमा आंशिक  बदली रहने र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

 

बिहिबार दिउँसो पहाडी भू-भागमा आंशिक  बदली रहनेछ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने प्रक्षेपण महाशाखाले गरेको छ। त्यसैगरी राति पहाडी भू-भागहरुमा आंशिक  बदली रहनेछ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

मौसम

विशेष