News

हेलिकोप्टरको सिट हटाउने निर्णय उल्टाउन लविङ गर्दै व्यवसायी

हेलिकोप्टरको सिट हटाउने निर्णय उल्टाउन लविङ गर्दै व्यवसायी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वय भइसकेको बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन्।

 

गत फागुन १५ पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ मा बसेको नेपाल नागरिक उड्डन प्राधिकरणको बैठकले उक्त संख्यामा यात्रु बोक्न पनि दुर्घटनाकोका कारण हुन सक्ने भन्दै एउटा सिट हटाउने निर्णय गरेको थियो। हेलिकोप्टर सोसाइटीका प्रतिनिधिसहितको बैठकले गरेको उक्त निर्णयको व्यवसायीले स्वागत गर्दै सिट हटाएको थियो।

 

निर्णयअनुसार नेपालमा रहेको पाइलटबाहेक ६ सिट भएका एसएस ३५० बी३ई (एच१२५) हेलिकोप्टरबाट एउटा सिट घटाएर पाँच बनाइयो। त्यस्ता हेलिकोप्टर हेलि एभरेष्ट, मनाङ एयर, माउन्टेन हेलिकोप्टर, फिस्टेल, श्री, कैलाश र अल्छिच्यट एयरसँग गरी नौ वटा छन्। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

हेलिकोप्टर नागरिक उड्डयन प्राधिकरण हेलिकोप्टर व्यवसायी

विशेष