News

आजबाट काठमाडौंका सडक इटालियन ब्रुमरले सफा गर्ने

आजबाट काठमाडौंका सडक इटालियन ब्रुमरले सफा गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारबाट इटालियन ब्रुमरले सडक सफा गर्दै छ । राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरी ब्रुमर सञ्चालनमा ल्याउन लागेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।  ब्रुमरले सडक सफा गर्न थालेपछि काठमाडौंको धुलो ८० प्रतिशत कम हुने महानगरको अपेक्षा छ । महानगरले ११ करोड ८० लाखमा इटालीबाट खरिद गरेका पाँच ब्रुमर फागुन अन्तिम साता काठमाडौं आइपुगेका थिए ।

 

कहाँ–कहाँ चल्छन् ब्रुमर ? 
महानगरले आफ्नो क्षेत्राधिकारभित्र पर्ने ८ मिटरभन्दा कम चौडाका सडक सफा गर्नेछ । सडक विभागसँगको समन्वयमा मुख्य सडकमा समेत ब्रुमर सञ्चालन हुनेछन् । महानगरका अनुसार सुन्धारा, टुँडीखेलआसपास, थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, पुतलीसडक, सिंहदरबार, हात्तीसार, दरबारमार्ग, कलंकी, बल्खु, कालीमाटी, टेकु,, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर,सीनामंगललगायतका स्थानमा ब्रुमर सञ्चालन हुनेछन् । 

काठमाडौं ब्रमुर

विशेष