News

सिन्धुपाल्चोक घटनाः कसरी विस्फोट भए एकैपटक सबै सिलिन्डर?

सिन्धुपाल्चोक घटनाः कसरी विस्फोट भए एकैपटक सबै सिलिन्डर?

सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिका-४, फुल्पिङकट्टीस्थित सिल्डुङमा निर्माणाधीन माथिल्लो चाकु जलविद्युत आयोजनाको भान्सामा ग्यास पड्किँदा चार जनाको मृत्यु भएको छ। सोमबार दिउँसो करिब ४ बजे स्टोरका सबै सिलिन्डर एकैपटक विस्फोट भएको प्रहरीको अनुमान छ।

 

मृत्यु हुनेमा आयोजनाका स्टोरकिपर हुम्लाका २६ वर्षका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका २२ वर्षीय भाइकाजी शेर्पा, वाइल्डिङ प्राविधिक मकवानपुरका ३२ वर्षीय यक्ष थापामगर र ओखलढुंगाका २५ वर्षीय गोपला श्रेष्ठ छन्। इलाका प्रहरी कार्यालका बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षत्रीका अनुसार मृतकका शरीरका विभिन्न भाग दुई सय मिटर परसम्म उछिट्टएको फेला परेको थियो।

 

‘विस्फोट भएको स्टोरका सामान छरपस्ट देखिन्थ्यो,’ क्षत्रीले भने, ‘घटनास्थलमा करिब ११ मिटर गोलाइको खाडल परेको छ । विस्फोट शक्तिशाली भएको अुनमान गर्न सकिन्छ।’ स्टोरमा कति थान सिलिन्डर थिए र कसरी विस्फोट भयो भन्ने एकिन भएको छैन । आयोजनाका मजदुर तथा प्राविधिक एकै स्थानमा खाजा खान बसेका बेला विस्फोट भएको अनुमान गरिएको छ । ‘अन्य दुई जनाको केही टुक्रा मात्रै फेला परेको थियो। कपाल र हातका आधारमा शव पहिचान गरिएको छ,’ क्षत्रीले भने । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

सिन्धुपाल्चोक सिलिन्डर विस्फोट

विशेष