भारतीय विदेश सचिव भोलि आउने
लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव विजय केशव गोखले विहिवार विहान ९ बजे नेपाल आउँदै हुनुहुन्छ ।
सरकारले चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन गर्दैछ ।
नेपाल बसाइको क्रममा गोखलेले नेपाली अधिकारीहरुसँग भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम छ ।
नेपाल बसाइको क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुसंग भेट्ने कार्यक्रम रहेको छ ।