News कभर स्टोरी अर्थ कर्पोरेट देश

मुनाफा ऐन संशोधनको तयारीमा सरकार

मुनाफा ऐन संशोधनको तयारीमा सरकार

काठमाडौं । विदेशी लगानीकर्तालाई लगानीको मुनाफा लैजान सहजीकरणका लागि सरकारले ऐन संशोधनको तयारी थालेको छ । 
अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूवसन्ध्यामा सरकारको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.युवराज खतिवडाले अन्तर्राष्ट्रिय लगानी तथा आयक कर ऐन २०५८  थप सेवा तथा सुविधासहित संसोधन गरिने जानकारी दिनुभयो । 

अर्थमन्त्री खतिवडाले लगानीकर्तालाई दिएको सुविधा फिर्ता लिने नभएर थप्ने भएकाले कसैलाई शंका गर्ने ठाउँ नदिने स्पष्ट गर्नुभयो । 

 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले देशमा लगानीको स्वर्णिम युग शुरु भएको बताउँदै भन्नुभयो– 'निजीक्षेत्र सरकार, लगानीकर्ता तथा व्यवस्थापकसंग सहकार्य गर्न तयार छ ।'

 
नेपालमा तेस्रो पटक हुन लागेको ‘अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुक्रबार र शनिबार काठमाडौंमा  हुँदैछ । सम्मेलनमा ४० राष्ट्रबाट करिब ६ सय लगानीकर्ता सहभागी हुँदै छन् ।   

लगानीका लागि सरकारले जलविद्युत, पर्यटन र उत्पादनसंग सम्बन्धित ७७ परियोजना छुट्याएको छ । जसमध्ये दर्जन आयोजना अघि बढाउन विदेशी लगानीकर्तासंग सम्झौतामा हस्ताक्षर हुने जानकारी अर्थ मन्त्रालयले दिएको छ । 

 

यसै लगानी सम्मेलन मार्फत सरकारले ३ खर्ब ६९ अर्ब विदेशी लगानी भित्र्याउने लक्ष्य राखेको छ । इच्छुक स्वदेशी तथा विदेशी लगानीकर्तालाई सरकारले ऋण सुविधा समेत उपलब्ध गराउने आश्वासन दिएको छ । 
 

अन्तर्राष्ट्रिय लगानी सम्मेलन

विशेष