News

विद्यार्थी फेल भएर शिक्षकको जागिर चट !

विद्यार्थी फेल भएर शिक्षकको जागिर चट !

काठमाडौं । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै त्यस्तो सिफारिस गरेको हो ।

 

एसइईमा ५० प्रतिशत भन्दा धेरै विद्यार्थीले डी र ई भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ। तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले डी र ई ग्रेड ल्याए यस्ता विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझावसमेत छ । यस्ता विद्यालयका प्राध्यापकलाई पदबाट घटुवा गर्ने व्यवस्था सुझाइएको छ। उपसमितिका सुझाव शिक्षा ऐन र नीतिमा समेट्न सररकारलाई निर्देशन दिएको छ ।

 

शिक्षा मन्त्रालयको कामकारबाही व्यवस्थित र प्रभावकारी बनाउन अध्ययन र निर्देशन दिने उद्देश्यले उपसमिति गठन गरिएको थियो। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

शिक्षक शिक्षा मन्त्रालय

विशेष