News Technology विदेश रोजगार ओटोमोबाइल

फिएट क्रिस्टलरले आफ्ना एक हजार ५०० कामदार हटाउने

फिएट क्रिस्टलरले आफ्ना एक हजार ५०० कामदार हटाउने

एजेन्सी । क्यानाडाको प्रख्यात अटोमोबाइल कम्पनी फिएट क्रिस्लर अटोमोबाइल्स (एफसीए)ले आफ्नो विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ। कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी सेप्टेम्बरको अन्त्यदेखि कामदार कटौती गर्ने जनाएको हो । 

 

कम्पनीले जारी गरेको विज्ञप्तिमा विश्व बजारमा कारको मागलाई ध्यानमा राखेर यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ। 

कम्पनीले कामदारहरुको हितलाई ध्यानमा राखेर कटौतीमा पर्ने सबै कर्मचारीलाई अवकाश प्याकेज उपलब्ध गराइने भएको छ। योसँगै टोरन्टो नजिक ओशावामा रहेको जनरल मोटर्सको प्लान्टबाट पनि जनरल मोटर्सले सन् २०१९ को अन्त्यदेखि दुई हजार ५०० भन्दा बढी कामदार कटौती गर्दैछ।

 

युनिफर युनियनका अध्यक्ष जेर्री डायसले गरेको ट्वीटमा भनिएको छः “म फिएटको निर्णयबाट निकै दुःखी छु।” उनले एफसीएसँग तत्कालै आपतकालीन बैठक गर्नु आवश्यक रहेको समेत बताए।

 

विन्डसरस्थित क्रिस्लरको प्लान्टमा करिब ६ हजार १०० कामदार छन्। यस प्लान्टबाट क्रिस्लर प्यासिफिका र डज ग्रान्ड काराभान नामको मिनिभ्यान उत्पादन हुने गर्दछ।

 

फिएट क्रिस्लरले गत फेब्रुअरीमा संयुक्तराज्य अमेरिकाको “मोटर नगर” नामबाट चिनिने डेट्रोइटमा नयाँ कार प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो। करिब ४ अर्ब ५० करोड डलरमा निर्माण गरिने नयाँ प्लान्टले झण्डै ६ हजार ५०० लाई रोजगारी दिने बताइएको छ। 

फिएट क्रिस्टलर

विशेष