News

भूमिगतरुपमा यसरी निकालिएको रहेछ प्रचण्डलाई अमेरिकाको विमानस्थलबाट !

भूमिगतरुपमा यसरी निकालिएको रहेछ प्रचण्डलाई अमेरिकाको विमानस्थलबाट !

पूर्वप्रधानमन्त्री प्रचण्ड मनका सफा मानिन्छन् । लागेको विषय फयाट्टै भनिहाल्ने हुँदा उनी बेलाबेला चुक्ने पनि गरेका छन् । भूमिगत शैलीमा आफूलाई राजदूतले विमानस्थलबाट दूताबाससम्म पुर्‍याएको भनि उनले दिएको अभिव्यक्ति अमेरिकी सुरक्षा संयन्त्रका बारेमा जानकारी राख्नेहरुका लागि हास्यास्पद सुनिएको छ । भूमिगत शैलीको यात्रा उनलाई अमेरिकास्थित नेपाली राजदूत अर्जुन कुमार कार्कीले पारेको प्रभाव वा गरेको ब्रिफिङ शिवाय केही नभएको अमेरिकामा राजदूत रहिसकेकका एक कूटनीतिज्ञले नेपाल आजलाई बताएका छन् । 

 

प्रचण्डलाई पक्राउ गर्न दिइएको भनिएको उजुरी अमेरिकाको संघीय जाँच ब्यूरोका लागि थियो । संघीय जाँच ब्यूरो यस्तो निकाय हो जसको सोझो सम्पर्क अमेरिकाका हरेक इकाईसम्म (नेपालको हिसावले भन्दा वडासम्मै) हुने गर्दछ । एफबिआईको विशेष संयन्त्र अन्तर्राष्ट्रिय विमानस्थलमा नहुने कुरै भएन । सुरक्षा निकायका बीचमा सूचना आदानप्रदान गर्न मिल्ने र एकअर्काका संवेदनशील सूचना प्रवाह गर्न सकिने प्रविधि उनीहरुसँग दशकौंदेखि प्रयोगमा छ । यस्तो संयन्त्र भएको देशमा एफबीआईलाई छलेर प्रचण्डलाई दूतावाससम्म पुर्‍याएको प्रभाव पार्न सक्ने मौलिकता कार्कीसँग बाहेक सायदै अरु कसैसँग होला ।
 

राजदुत कार्कीको त के कुरा पक्राउ सूचीमा रहेका व्यक्तिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बचाउन सक्दैनन् । नत्र ट्रम्पकै सहयोगी भटाभट पक्राउ किन पर्थे ? बरु देशकै शक्तिशाली नेता एंव भावी प्रधानमन्त्रीसमेत ठानिएका प्रचण्डलाई राम्रै अभिनयका साथ राजदुत कार्कीले भ्रमित पारेर भूमीगत शैलीमा उद्धार गर्नसमेत सक्ने क्षमता प्रस्तुत गरेको चर्चा अमेरिकामा रहेका जानकार नेपालीहरुका बीचमा हुन थालेको छ ।

र यो पनि, 

अमेरिकामा प्रचण्डसँग राजदूत कार्कीको दोहोरो भूमिका, दुनियाँलाई चक्मा आफूलाई तक्मा !

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष