पाँच जिल्लाका सिडिओ फेरिए, को कहाँ?

काठमाडौं । पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । उपसचिवको दरबन्दी भएका ४ र सहसचिवको दरबन्दी भएको एक जिल्लामा सिडिओ फेरिएका हुन् । गृह मन्त्रालयका अनुसार लमजुङमा मन्त्रालयबाट डा. डिजन भट्टराईलाई पठाइएको छ ।
लमजुङका सिडिओ झंक ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै खोटाङमा अध्यागमन विभागमा कार्यरत विष्णुहरी उपाध्याय, ओखलढुंगामा गणेश आचार्य र हुम्लामा ढोलकराज ढकाललाई सरुवा गरिएको छ । त्यस्तै सहसचिव यज्ञराज बोहरालाई कैलालीको सिडिओमा सरुवा गरिएको । उनी कर्णाली प्रदेशमा कार्यरत थिए ।
सिडिओ सरुवा