News

धादिङमा चरेश बनाउने कारखाना फेला  

धादिङमा चरेश बनाउने कारखाना फेला  

धादिङ । प्रहरीले गाँजा र चरेश गरी ६ सय ४३ किलो लागूऔषधसहित गजुरी गाउँपालिका–७, पेटारबाट सुकमाया तामाङलाई पक्राउ गरेको छ। चरेश बनाउन तयारी अवस्थामा राखिएको धुलो गाँजा र तयार पारिएको चरेशसहित तामाङलाई लागूऔषध नियन्त्रण ब्युरो (कोटेश्वर) को टोलीले पक्राउ गरेको हो। 

 

चरेश बनाउने कारखाना नै सञ्चालन भइरहेको सूचनापछि गजुरी ७ पेटारका सकुमानको घर खानतलासी गर्दा ६ सय ४३ किलो लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय (गजुरी) का प्रमुख नवराज ढुंगेलले जानकारी दिए। यो समाचार नागरिक दैनिकबाट लिइएको हो।

धादिङ चरेश कारखाना

विशेष