फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भर्ना गर्दै सरकार

काठमाडौं । कर्मचारी अभाव पूरा गर्न सरकारले फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गर्ने बताएको छ । कर्मचारी समायोजनको काम पूरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्र रहेका कर्मचारी अभाप हटाउन सरकारले नयाँ भर्नाको तयारी गरेको हो ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फास्ट ट्र्याकबाट करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरु भएको बताए । उनले भने, ‘अब गरिने भर्ना फास्ट ट्र्याकबाट हुनेछ । यसो नगरे प्रक्रिया लम्बन्छ ।’ स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी भर्ना गर्न फास्ट ट्र्याकको बाटो अपनाउनु परेको पण्डितले जानकारी गराए । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।
फास्ट ट्रयाक कर्मचारी