News

शान्ति सेना १० हजार पुर्‍याउने नेपालको प्रतिबद्धता

शान्ति सेना १० हजार पुर्‍याउने नेपालको प्रतिबद्धता

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा आफ्नो सैनिक संख्या बढाउन प्रस्ताव गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रसंघीय शान्ति मिसनलाई नेपालले उच्च महत्त्व दिइरहेको जानकारी दिए।

 

न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको शान्ति स्थापनामा क्रियाशील सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले राष्ट्रसंघले आग्रह गरे नेपाल १० हजारसम्म शान्ति सेना पठाउन प्रतिबद्ध रहेको जनाएको छ। उनले महासचिवले अघि सारेका शान्ति कार्य लगायतका रणनीति सुधारमा नेपालको समर्थन रहेको जानकारी पनि गराए। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

शान्ति सेना

विशेष