News

विप्लव समूहलाई फेरि घक्का, सैन्य इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

विप्लव समूहलाई फेरि घक्का, सैन्य इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

नेपालगञ्ज । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ । प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ ।

 

प्रहरी सक्रियत बढेसँगै विप्लव नेकपाको नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज पनि छन् ।  यो समाचार आजको नागरिक दैनिकमा छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’

विशेष