News

चैतको मध्यमा पनि रोकिएन वर्षा, दिनभर जसो हल्का पानी पर्ने

चैतको मध्यमा पनि रोकिएन वर्षा, दिनभर जसो हल्का पानी पर्ने

काठमाडौं । उपत्यका लगायत देशका कतिपय स्थानमा चैतको मध्य समयमा पनि पानी पर्न रोकिएको छैन ।

 

शनिबारदेखि मेघ गर्जनसहित पानी पर्दै रोकिँदै गरेको उपत्यकामा अहिले हल्का पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकामा शनिबार ९ दशमलव ६ मिलिमिटर पानी परेको महाशाखाका मौममविद् वरुण पौडेलले जानकारी दिए। काठमाडौंसहित पोखरा म्याग्दी र धनगढीमा  पानी परेको महाशाखाले जनाएको छ।

 

शनिबार राति बदली भएको पश्चिमी भेगको मौसम आइतबार दिउँसोदेखि सुधार आउने देखिए पनि पूर्वी क्षेत्रमा भने मेघ गर्जनसहित पानी पर्ने संभावना छ। पूर्वी क्षेत्रमा आइतबार मौसम बदली भएर दिनभर जसो हल्का पानी पर्ने मौसमविद् पौडेलले को भनाइ छ। महाशाखाका अनुसार आइतबार राति देशका थोरै स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना देखिन्छ भने हिमालि भेगका केही  स्थानमा हल्का हिमपातको संभावना छ।

 

सोमबार देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ महाशाखाले जनाएको छ। मंगलबार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक  बदली रहनेछ भने बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाको छ । राति पहाडी भू-भागका १-२ ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने र बाँकी भू-भागको मौसम सामान्यतया सफा हुने अनुमान छ ।

 

काठमाडौं उपत्यकाको आइतबार बिहानको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ भने दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

मौसम

विशेष