News

नेपाल एयरलाइन्सको मनपरी उडान, सीताले यात्रु बोक्नै छाड्यो

नेपाल एयरलाइन्सको मनपरी उडान, सीताले यात्रु बोक्नै छाड्यो

हुम्ला । नेपाल एयरलाइन्स जहाजका कर्मचारीकै मनपरि उडनले गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जस्थित नेपाल एयरलाइन्सको कार्यालयले एक हप्ताअघि वितरण गरेको जहाजको टिकट विभिन्न कारण देखाउँदै विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका–८ निवासी छक्कबहादुर शाहीले बताए ।

 

आफू नेपाली सेना पाल्पा ब्यारेकमा कार्यरत भएको बताउने शाही २० दिनका लागि घर बिदा लिएर आएको र जहाजको टिकट धाउँदा २ हप्ता बितिसक्यो, अब घर कसरी जाने भन्ने बारेमा चिन्ता गरे । नेपालकै ७७ वटा जिल्लामध्ये सडक यातायातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वको जहाजले समेत उडानमा ठग्दै आएको सिमकोट उडानका लागि जहाज टिकट लिएर बसेका शाहीले गुनासो गरे ।  

 

नेपाल एयरलाइन्सको नियमित उडान भर्ने भनिए पनि जहाजमा कहिले प्राविधिक गडबडी त कहिले कर्मचारी समस्या देखाउँदै उडान स्थगित गर्दै आएको विमानस्थलमा कार्यरत नाम नबताउने शर्तमा एक कर्मचारीले बताए ।दुर्गम हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्दै आएका निजी सीता एयरलाइन्स कम्पनीले यात्रु बोक्न छोडेर काग्रोको समानमा चर्को भाडा असुल्दै उडान गरेको छ ।  यो खबर आजको नेपाल समाचार पत्र दैनिकबाट लिइएको हो ।

नेपाल एयरलाइन्स

विशेष