News अर्थ

लगानी सम्मेलन : यस्ता छन् सम्झौता/समझदारी र घोषणा

लगानी सम्मेलन : यस्ता छन् सम्झौता/समझदारी र घोषणा

काठमाडौं । ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरिएका ७७ मध्ये १७ वटा परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायातका ७, कृषिका ३, लजिस्टिकका १, शिक्षाका २ र ऊर्जाका ४ परियोजनामा लगानीका लागि आवेदन दिएका हुन् । यी परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ (१० अर्ब ९५ करोड अमेरिकी डलर) छ । 

 

१. चौधरी ग्रुप र सराफ ग्रुपबीच संयुक्त लगानीमा मल्टिपर्पोज सेन्टर विकास गर्ने सम्झौता । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सराफ ग्रुपका कार्यकारी निर्देशक सलाह सराफले सम्झौतामा हस्ताक्षर गरे । 

 

२. चौधरी ग्रुप र स्काई पावरबीच संयुक्त लगानीमा ६ सय मेगावाटको सोलार पावर स्थापना गर्ने सम्झौता । निर्वाण चौधरी र स्काई पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केरी एल्डरले सम्झौतामा हस्ताक्षर गरे । 

 

३. सिजी लाइफसेल र तुर्कसेलबीच  फाइभ–जी नेटवर्क सेवामा संयुक्त लगानी गर्ने सम्झौता । चौधरी ग्रुप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र तुर्कसेलका बिजनेस प्रमुख नेजत मुरातद्वारा हस्ताक्षर । 

 

४. १ सय ६४ मेगावाटको कालिगण्डकी जर्ज जलविद्युत् परियोजना संयुक्त विकास गर्न हाइड्रो सोलुुुसन ग्रुप, नेपाल र सांघाई इन्भेस्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट कम्पनी लिमिटेडबीच सम्झौता । सम्झौतामा हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सांघाई इन्भेस्टिगेसनका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख जु जेङसेङले हस्ताक्षर गरेका छन् ।

 

५. लगानी बोर्ड नेपाल (आइबिएन), इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) र विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणबीच पिपिपी मोडलमा सिमरा सेज विकास गर्ने सम्झौता । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र आइएफसीका वरिष्ठ लगानी अधिकृत पंकज सिन्हाद्वारा हस्ताक्षर । 

 

६. सिन्सियर कन्सल्टिङ लिमिटेड र रिसोर्सेस हिमालय बुटिक भिलेज रिसोर्ट प्रालिबीच बनेपामा हिमालय बुटिक भिलेज रिसोर्ट विकास गर्ने सम्झौता । रिसोर्स हिमालयका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङका प्रबन्ध निर्देशक एडिइ सियाद्वारा हस्ताक्षर । 

 

७. गैरआवासीय नेपाली संघ (एनआरएन) र उद्योग विभागबीच नेपालमा लगानी गर्नेगरी १० अर्ब रुपैयाँको कोष स्थापना गर्ने समझदारी । एनआरएनका अध्यक्ष भवन भट्ट र विभागका महानिर्देशक विनोद प्रकाश सिंहद्वारा हस्ताक्षर ।

 

. भारतको नेसनल कल्चरल म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेयरहाउस कम्पनी लिमिटेडबीच ग्रेन वेयर हाउसमा संयुक्त लगानी गर्ने सम्झौता । सम्झौतामा नेपाल वेयरहाउसका प्रबन्ध निर्देशक आनन्द बगारिया र नेसनल कल्चरलका कार्यकारी अधिकृत अनुपम कौसिकले हस्ताक्षर गरेका छन् । 

 

. नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र म्यानमार लाइसेन्स्ड कन्ट्र्याक्टर एसोसिएसन (एमएलसिए)बीच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी । महासंघका अध्यक्ष रवि सिंह र एमएलसिएका अध्यक्ष यु किवाद्वारा समझदारीपत्रमा हस्ताक्षर । 

 

१०. कोरियन इन्भेस्टर (कोसेप)ले २ सय १६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत आयोजनामा ६५ करोड अमेरिकी डलर लगानी गर्ने निश्चित गरेको छ । कोरियन इन्भेस्टरका उपाध्यक्ष हाक विन किमले लगानीको घोषणा गरे । 

 

११. भारतको मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा ३९ करोड ९० लाख रुपैयाँ लगानी गर्ने । मुथुटको नेपाल कन्ट्री हेड अनिल कार्कीले लगानीको घोषणा गरे । 

 

१२. लगानी बोर्ड नेपाल (आइबिएन) र इन्भेस्टमेन्ट बोर्ड, साउथ अफ्रिकाबीच आपसी सहकार्य गर्ने समझदारी । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र इन्भेस्ट साउथ अफ्रिकाका कार्यकारी प्रमुख युनुस हुसेनद्वारा समझदारीपत्रमा हस्ताक्षर । 

 

१३. अपि पावर कम्पनी लिमिटेड नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच सोलार पावर (१८ मेगावाट), जलविद्युत परियोजना (९८ मेगावाट) र विन्ड प्रोजेक्ट (१० मेगावाट) विकासमा लागनी गर्ने समझदारी । अपि पावरका अध्यक्ष गुरु न्यौपाने र कँडेल ग्रुपका अधयक्ष राजन कँडेलले समझदारीपत्रमा हस्ताक्षर गरे । 

 

१४. डोल्पा हिमालयन फाउन्डेसनले जलविद्युतमा ८ करोड डलर लगानी गर्ने । प्रबन्ध निर्देशक सन्दीप साहद्वारा लगानीको घोषणा । 

 

१५. प्रदेश दुई र सीजी इन्फ्रास्ट्रक्चर प्रालीबीच प्रदेश २ मा सोलार प्लान्ट स्थापना गर्ने समझदारी । निर्वाण चौधरी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु यादवद्वारा समझदारीपत्रमा हस्ताक्षर । 

 

१६. कुल १ खर्ब १२ अर्ब २८ करोड ८५ लाख रुपैयाँ लगातको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धतापत्रमा भारतीय तथा नेपाली बैंक र आयोजना विकास गर्ने कम्पनी एसजिभिएनबीच हस्ताक्षर । अरुण ३ मा स्टेट बैंक अफ इन्डियाले ६५ अर्ब ६० करोड, एभरेस्ट बैंक लिमिटेड नेपालले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंक लिमिटेड नेपालले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ लगानी गर्नेछन् । प्रतिबद्धतापत्रमा एसजिभिएनका प्रमुख कार्यकारी अधिकृत सतिश कुमार शर्मा, स्टेट बैंक अफ इन्डियाकासहायक महाप्रबन्धक पिसारोती विनोद कुमार, एभरेस्ट बैंकका उपप्रबन्धक गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरे । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

नेपाल लगानी सम्मेलन

विशेष