News

वाइडबडीमा सरकारलाई एक खर्ब ६६ करोड घाटा

वाइडबडीमा सरकारलाई एक खर्ब ६६ करोड घाटा

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ । वाइडबडीले पूर्ण क्षमतामा उडान नपाएको, लामो दुरीको उडान गर्न जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घण्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ ।

 

वाइडबडीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई अर्ब ३९ करोड रुपैयाँ कमाएको छ । यस्तो आम्दानीमा यसको उडान खर्च नै दुई अर्ब १२ करोड छ । अन्य खर्च पनि अत्याधिक हुन्छ । निगमले गरेको आम्दानी र खर्चको तुलनामा साउनदेखि पुससम्म एक अर्ब ६६ करोड रुपैयाँ घाटामा गएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए । उनले भने, ‘यो मासिक औसतमा २७ करोड रुपैयाँभन्दा बढी हो ।’ 

 

निगमले वाइडबडी जहाज किन्न लिएको २४ अर्ब ऋणबापतको किस्ता नै हरेक ३÷३ महिनामा ८० करोड ८२ लाख रुपैयाँका दरले तिर्नुपर्छ। मासिक वाइडबीको तिर्ने यस्तो किस्ता २६ करोड ९४ लाख रुपैयाँ हुन्छ। ‘निगमको वाइडबडीले लामो दूरीको उडान गन्तव्यअन्तर्गत जापान, कोरिया र चीनमा उडान गर्ने तयारी गरेको छ। जबसम्म वाइडबडीले लामो दूरीमा उडान गर्न सक्दैन तबसम्म यसले कमाएको पैसाले यसैको खर्च धान्न सक्दैन’, कोइरालाले भने।  यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

वाइड बडी

विशेष