अब प्रदेश नम्बर ३ को नुवाकोटमा पनि घण्टाघर
तीन महिनाभित्र काम सकिने
नुवाकाेट । राजधानीको जमलमा रहेको जस्तै घण्टाघर अब नुवाकोटको विदुरमा पनि बन्ने भएको छ । प्रदेश सरकारको करिब ५० लाख रुपैयाँ लागतमा उक्त घण्टाघर निर्माण हुन लागेको हो ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले घण्टाघरको शिलान्यास गरेका छन् ।
घण्टाघरको शिलान्यास गर्दै मेयर पण्डितले नुवाकोटमा बन्ने उक्त घण्टाघरले समग्र नुवाकोटकै सौन्दर्य थप्ने र पर्यटकहरूका लागि नगर थप आकर्षणको केन्द्र बन्ने जिकिर गरे ।
‘ नुवाकोटमा बन्ने घण्टाघरले विदुर नगरपालिकाको पहिचान मात्र थप्ने नभएर समग्र जिल्लाकै प्रतिनिधित्व गर्ने छ ।’ उनले भने, ‘नुवाकोटको प्रमुख व्यापारिक केन्द्र बट्टार बजार र बसपार्कको मध्यभागको साथै देवीघाटको चन्द्रज्योति मावि हुँदै हावाघर आउने मार्गको रुपमा विस्तार हुँदै गर्दा घण्टाघरले शहरी विकासको समेत झल्को दिने छ । यसले आन्तरिक तथा बाह्रय पर्यटक तान्दै नगरको पर्यटन विकासमा समेत टेवा पु¥याउने छ ।’
यसै अबसरमा पण्डितले नगरका हरेक वडामा पार्क निर्माण गर्ने समेत घोषणा गरे ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा बन्न लागेको उक्त घण्टाघर ५६ फिटको बन्ने छ भने निर्माण कार्य तीन महिनाभित्र सम्पन्न हुने छ ।
नुवाकाेट