मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त 

मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त 

काठमाडौं । फुङलिङ नगरपालिका ताप्लेजुङका पदाधिकारी तथा कर्मचारीले प्रदेश कानुनले तोकेभन्दा बैठक, यातायात र भ्रमण खर्चका नाममा १५ लाख बढी रकम लिएका छन् । प्रमाणबिनै योजना अनुगमनका नाममा भुक्तानी लिएका छन् । 

 

मेयर छत्रपति प्याकुरेलले स्थानीय कुमार मादेनलाई सल्लाहकार नियुक्त गरी गत आर्थिक वर्षमा मात्र तीन लाख भुक्तानी दिलाएका छन् । स्थानीय तहका प्रतिनिधिले स्वीकृत दरबन्दीमा रहेका कर्मचारीलाई मात्र काममा लगाउन पाउँछन् । आफूखुुसी नियुक्त गर्न र सुविधा दिन पाउँदैनन् । तर, मेयरले त्यतिमात्र होइन, आफ्नै नीजि घर मर्मतका लागि सरकारी कोषको करिब ९ लाख खर्च गरेको भनेर सरकारी भुक्तानी लिएका छन् । निजी घर मर्मतबापत सरकारी बजेट खर्च गरेको विषयमा जिज्ञासा राख्दा मेयर प्याकुरेलले नयाँ पत्रिकासँग भने, ‘ मेरो घरमा त्यस्तो ठूलो मर्मत भएको छैन । मर्मतको नाममा केकति खर्च भयो मलाई थाहा छैन । खासमा नगरपालिकाले मेरो घरको कोठाको माथि प्लाइउड र भुइँमा कार्पेट लगाइदिएको छ । म मेयर सधैँ हुने होइन, मेयरबाट हटेपछि त्यो उप्काएर लान्छन् । त्यसैले अनावश्यक सरकारी खर्च भएको छैन ।’

 

त्यस्तै, मेयर प्याकुरेलले नै साली मथुरा श्रेष्ठलाई कार्यालय सहयोगी भनेर नियुक्ति दिलाएका छन् । तर, उनलाई घरमा भान्सेको रुपमा काममा लगाएका छन् । नगरपालिकामा उनको हाजिरी समेत छैन । त्यस्तै, सालीको छोरोलाई सहयोगीको रुपमा नियुक्ति दिलाएका छन् । तर उनी इटहरीमा बस्छन् । त्यस्तै, उपमेयर बमबहादुर भट्टराईले पनि श्रीमती बालकुमारी भट्टराईलाई भान्से भनेर नियुक्ति दिलाएका छन् । उपमेयरको भान्सेको रुपमा श्रीमती भट्टराईले नगरपालिकाबाट मासिक १६ हजार रुपैयाँ तलब बुझ्दै आएकी छिन् ।

 

गाउँपालिकाले उपभोक्ता समितिमार्फत १५ लाखको ह्युमपाइप खरिद गरेको बिल पेसेको छ । प्राविधिकले पनि ह्युमपाइप किनेर बिच्छ्याएको कार्यसम्पन्न प्रतिवेदन दिएको छ । तर महालेखा भन्छ, त्यो पाइप कुन स्थानमा, कसले प्रयोग गरेको भनी खोज्दा भेट्न सकिएन । महालेखाले पाइप जडान भएको नाप र नक्साको प्रमाण नदेखिएकाले १५ लाख बेरुजु देखाएको छ । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

नगरपालिका

संम्बधित खबर

विशेष