News

अलबिदा भरतमोहन : अन्तिम श्रद्धाञ्जलि नेकपाको पार्टी कार्यालयमा ९ देखि १२ बजेसम्म

अलबिदा भरतमोहन : अन्तिम श्रद्धाञ्जलि नेकपाको पार्टी कार्यालयमा ९ देखि १२ बजेसम्म

काठमाठौं ।  पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स अस्पतालका निर्देशक डाक्टर भाष्करराज पन्तका अनुसार ८३ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको हो।

 

एक पटक भौतिक पूर्वाधार तथा यातायात र चार पटक अर्थमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम र वृद्धवृद्धालाई मासिक भत्ता वितरण गर्ने नेताका रूपमा चर्चित छन्। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाको केन्द्रीय पार्टी कार्यालय धूम्रबाराहीमा बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म राखिने भएको छ।

 

अस्पतालबाट बिहान ८ बजे उनको पार्थिव शरीरलाई पार्टी कार्यालय लगिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए। उनका अनुसार अन्तिम श्रद्धाञ्जलिपछि शव यात्रासहित पशुपति आर्यघाटमा अधिकारीको अन्त्येष्टि गरिने छ।

भरतमोहन अधिकारी

विशेष