News

किस्ट कलेजमा तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोक

किस्ट कलेजमा तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोक

काठमाडौं : ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबिएस र बिडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ  । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको छ  ।

 

कलेजले मन्त्रिपरिषद्बाट निर्धारितभन्दा लाखौं बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयपत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरूको गुनासो छ । शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा भर्ना हुन गएका विद्यार्थीसँग समेत मनोमानी शुल्क मागिएको छ ।

 

कलेजका शैक्षिक संयोजक किशोरसिंह बस्नेतले अतिरिक्त रकम नतिर्ने विद्यार्थीलाई हाजिर नगराउने चेतावनी दिने गरेको विद्यार्थी बताउँछन् । स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको कागजातमा विद्यार्थीसँग कलेजले अवैध रूपमा शुल्क असुलेको देखिन्छ । सरकार र विश्वविद्यालयले तोकेको शुल्कलाई बेवास्ता गर्दै कलेजले विद्यार्थीपिच्छे भिन्नभिन्न रकम लिने गरेको छ ।

 

सरकारले काठमाडौं उपत्यकाभित्रको मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न ३८ लाख ५० हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकेको छ । कलेजले भने रजिस्ट्रेसन, वार्षिकरआन्तरिक परीक्षा, स्वास्थ्य बिमा, इन्टर्नसिप र फिल्ड भिजिटका नाममा लाखौं रुपैयाँ लिँदै आएको छ । मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीसँग पनि ४ लाखका दरले रकम मागिएको छ । केही विद्यार्थीले पहिलो किस्तामा १ लाख ५० हजार भुक्तानी गरिसकेका छन् । भुक्तानी नगर्ने विद्यार्थीलाई हाजिर गर्न रोक लगाइएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

किस्ट मेडिकल कलेज

विशेष