News

भरतमोहनको पार्थिव शरीर पार्टी कार्यालयमा, आजै अन्त्येष्टि

भरतमोहनको पार्थिव शरीर पार्टी कार्यालयमा, आजै अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ । 

 

अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।

 

धुम्बाराही स्थित ह्याम्स अस्पतालका निर्देशक डाक्टर भाष्करराज पन्तका अनुसार ८३ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको हो।एक पटक भौतिक पूर्वाधार तथा यातायात र चार पटक अर्थमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम र वृद्धवृद्धालाई मासिक भत्ता वितरण गर्ने नेताका रूपमा चर्चित छन्।

भरतमोहन अधिकारी

विशेष