News

प्याराग्लाइडिङ फेवा तालमा खस्यो, विदेशी नागरिक घाइते

प्याराग्लाइडिङ फेवा तालमा खस्यो, विदेशी नागरिक घाइते

कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एक जना विदेशी नागरिक घाइते भएका छन्। सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

 

उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्‍याइएको छ । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै उद्धार टोली परिचालन भएको थियो ।

प्याराग्लाइडिङ

विशेष