News

फेवा तालमा खसेका विदेश प्याराग्लाइडरको मृत्यु

फेवा तालमा खसेका विदेश प्याराग्लाइडरको मृत्यु

कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेका विदेशी प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ। सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा रोमानीयाका नागरिक ४२ वर्षीया एड सिजर घाइते भएका थिए।

 

उनको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै उद्धार टोली परिचालन भएको थियो । उद्धारमा खटिएका उद्धारकर्ताले घाइते अवस्थामा रहेका सिजरलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएका थिए ।

 

प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसक्दा उनी तालमा खसेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ब्लु स्काइ प्याराग्लाइडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए । उनी प्याराग्लाइडिङ पाइलट रहेको बुझिएको छ । उक्त विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्याराग्लाइडिङ

विशेष