News

राहत शिक्षकको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

राहत शिक्षकको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं । राहत शिक्षकले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । आफूहरूलाई स्थायी गर्न माग गर्दै उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलबाट बानेश्वर जाँदै गरेको र्‍यालीमा प्रहरीले लाठीचार्ज गर्दा केही शिक्षक घाइते भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिले जनाएको छ । मुलुकभरका राहत शिक्षकलाई दरबन्दीमा रूपान्तरण गर्नुपर्ने र सामान्य प्रक्रियामा आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गर्नुपर्ने मागसहित उनीहरू आन्दोलनमा उत्रेका हुन् ।
 


प्रस्तावित संघीय शिक्षा ऐनमा यी दुई प्रावधानको ग्यारेन्टी हुनुपर्ने उनीहरूको भनाइ छ ।सरकारले २०५९-६० देखि सामुदायिक विद्यालयमा राहत शिक्षक नियुक्त गर्दै आएको थियो । अहिले करिब ४० हजार राहत शिक्षक छन् । उनीहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

राहत शिक्षक लाठीचार्ज

विशेष