ग्यासकाे मूल्य बढाउन चलखेल

काठमाडौं । मूल्य वढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यास ल्याउने कागज (प्रोडक्ट डेलिभरी अर्डर, पीडीओ) शुक्रबारदेखि लिएका छैनन्। कारोबारमा नाफा बढाउनुपर्ने लगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ उठाउन छाडेका छन्।
नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरे लगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ। उद्योगीले ग्यास उद्योग सञ्चालन खर्च, वितरकको कमिसन, स्वदेशी ग्यास बुलेट सञ्चालन, नाफा बृद्धि लगायत १० बुँदे माग राख्दै विरोध कार्यक्रम गरिरहेका छन्। अहिले ग्यास उद्योगीले प्रतिसिलिन्डर करिब २३२ रुपैयाँ भाडा र कमिसन पाउँदै आएकामा अब झण्डै दोब्बर चाहेका छन्। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
ग्यास ग्यास उद्योगी