पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना
काठमाडौं । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना भएकी छन्।
स्वास्थ्यमा सामान्य समस्या आएपछि पूर्व मुमाबडामहारानीलाई अस्पताल भर्ना गरिएको पूर्व राजा ज्ञानेन्द्र शाहका स्वकिय सचिव फणिन्द्र पाठकले बताए।
पूर्व मुमाबडामहारानी शाह ज्वरो सहित पखाला देखिएपछि उपचारका लागि मंगलबार दिउसो अस्पताल भर्ना गरिएको पाठकले बताए। रत्न तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी आमा हुन्। पूर्व मुमाबडामहारानी शाह बिरामी भएर अस्पतालमा पूर्व राजपरिवारका सदस्यहरु अस्पताल पुगेका छन्।